प्रतिष्ठानद्वारा एक महिने निःशुल्क Digital Media र AI Advance Training सञ्चालन हुँदै
प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले ‘Digital र AI संसारमा आदिवासी जनजाति’ भन्ने नारासहित निःशुल्क Digital Media र AI Advance Training सञ्चालन गर्ने भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
National Foundation For Development of Indigenous Nationalities
Digital & Al Advance online Training को फारम भर्ने म्याद थप सम्बन्धि सूचना
यस प्रतिष्ठानद्वारा २०८३ भदौ २ गतेदेखि भदौ १५ गतेसम्म "Digital & Al Advance Online Training" को लागि आवेदन फारम भर्न म्याद दिएकोमा प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिले गर्दा तालिम लिन इच्छुक महानुभावहरू समेतलाई समय अभाव भई छुट्न गएको हुँदा इच्छुक सबैलाई सहभागी हुन अवसर प्रदान गर्ने उद्देश्यले फारम भर्ने समय २०८३ भाद्र १८ गते दिनको १:०० वजेसम्म पुनः म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रवेश परीक्षा लिइने छैन । विधिपूर्वक फारम भर्ने सबैले तालिममा सहभागि हुन सक्नेछन् ।
फारम दर्ता शुल्क रु. १,०००/-
तालिम पूर्णरूपमा अनलाइन हुनेछ ।
तालिम २०८३ भाद्र १८ गतेदेखि (प्रत्येक वेलुका ७:००-९:३० वजेसम्म) निर्धारित समयमा संचालन हुनेछ ।
थप जानकारीको लागि Mobile/WhatsApp/Viber : ९७६५१२६८४०
फारम भर्न www.nfdin.gov.np मा लगइन गर्नुहोस ।
प्रशिक्षणमा सहभागीहरूलाई वर्तमान डिजिटल युगमा आवश्यक पर्ने विभिन्न प्रविधि तथा सीपहरूलाई व्यावहारिक र सिर्जनात्मक ढङ्गले सिकाइनेछ । प्रशिक्षणअन्तर्गत निम्न विषयहरू समेटिएका छन्—
Artificial Intelligence & AI Content Creation
AI Tools, Prompt Engineering, AI Writing, AI Image & Video Generation, Agentic AI तथा NotebookLM लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
Graphic Design & Digital Photography
Adobe Photoshop, Canva, Digital Photography, Photo Editing तथा Retouching सम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ।
Professional Video Editing
CapCut, Filmora तथा Adobe Premiere Pro प्रयोग गरी व्यावसायिक स्तरको भिडियो सम्पादन गर्ने सीप सिकाइनेछ।
Social Media Content Creation
Facebook, TikTok, YouTube, Instagram, Reels तथा प्रभावकारी Content Strategy निर्माणसम्बन्धी प्रशिक्षण दिइनेछ।
WordPress Web Design & Development
WordPress मार्फत Website Design, Basic SEO, Domain तथा Hosting सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिनेछ ।
Blogging & Digital Content Writing
Blogger/WordPress, SEO Writing, Content Planning तथा Digital Content Publishing सम्बन्धी सीप सिकाइनेछ।
Personal Branding, Freelancing & Online Earning
Personal Branding, Portfolio निर्माण, Freelancing, Client Acquisition, Digital Services तथा Online Income का सम्भावनाबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
प्रशिक्षणको अन्तिम चरणमा सहभागीहरूले आफूले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै Real-world Capstone Project तयार गर्ने अवसरसमेत पाउनेछन् ।
प्रशिक्षण अवधिमा सहभागीहरूले प्रस्तुत गर्ने सीप, कला, सिर्जनशीलता र उत्कृष्ट प्रस्तुतिका आधारमा पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई ई–प्रमाणपत्र (E-Certificate) प्रदान गरिनेछ ।
प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवा तथा सिर्जनशील व्यक्तिहरूलाई डिजिटल प्रविधि, AI तथा नयाँ सञ्चार माध्यमको प्रभावकारी प्रयोगमार्फत ज्ञान, सीप, सिर्जना, उद्यमशीलता र रोजगारीका नयाँ अवसरसँग जोड्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकास भइरहेको वर्तमान समयमा आदिवासी जनजातिका भाषा, संस्कृति, ज्ञान, कला, इतिहास तथा मौलिक पहिचानलाई डिजिटल माध्यममा अभिलेखीकरण, प्रवर्द्धन र विश्वव्यापीकरण गर्न समेत प्रशिक्षण उपयोगी हुने अपेक्षा गरिएको छ ।
आवेदन फाराम https://nfdin-aitraining.gtechvision.com लिङ्कबाट समेत भर्न सकिनेछ ।

